जिन्दगीमा कुनै यस्तो दिन हुनेछ
साहेद त्यो दिन मेरो अंतिम हुनेछ
अघिअघि कात्रोभित्र मेरो लास हुनेछ
आफन्त घरछिमेकमा रुवाबास हुनेछ
मेटिनेछन् ती मेरा अधुरा चाहानाहरू
बनाउनु पर्ने छैन केही बाहानाहरू
जब म चितामा जलिरहेको हुनेछु
अब न हाँस्दै हुनेछु मँ "न त रुनेछु
अब नसम्झिनु मलाई,ब्यर्थै मन रुनेछ
ब्यर्थै आफ्नै ज्यानलाई गलानी हुनेछ
सितको थोपा पातपातमा पानी भएर
सुखदुःख गर्नु आफ्नो जिन्दगानी भएर
======================

No comments:
Post a Comment