तिम्रो अनि मेरो धड्कन साटौन, ढिला भयो काली |
बर्सौदेखि साँचिराख्या रहर पुरा गरौन एसपाली ||
तिम्रैलागि मैलेबरु जे पनि गरिदिउला गर्नुपरे यार |
किन यो मेरो मनलाई राख्नन चाहन्छेयौ र खाली ||,
कसम तिम्रोलागि कति सपनाहरू सजाई सकेमैले |
तिमी भने मलाई गर्दै हिड्छेयौकिपो कतै गाली ||
मंनकति लोभलागि आउँछ, देख्दा तिम्रो नयन |
मँस्की मँस्की जाँन्छेयौ काली दायाँ बायाँ चालि||
यादपनि आकैछ मायाँपनि लाकैछ मनमा कति तिम्रो |
मेरो दिलको धड्कन अनि सुरक्षा,तिमिनै हौ मालि||
================================
छबि पोख्रेल
दाँङ / Chhabi Pokhrel \\

No comments:
Post a Comment